Thursday, July 23, 2020

Ghazal

थाहाछैन त्यो मुटुमा मेरो नाम छ कि छैन?
अन्धकार चिर्दै आउने न्यानो घाम छ कि छैन?

वर दिन्छौ कि भर दिन्छौ कसोरि बुझुँ मैले,
मैले गर्ने विस्वासको पवित्र धाम छ कि छैन?

खै कसोरि भनु तिम्लाई मेरो मनको चाहाहरु,
पोखुँ भने मनको कुरा पोख्ने यामा छ कि छैन?

एक्लो छौ कि या कसैको मनभित्र सजि सक्यो?
त्यो जिवनलाई यो जिनवको कुनै काम छ कि छैन?
बाबुराम राई
काठमाण्डौ
२०७०-०२-१०

No comments:

Post a Comment