गजल
कुरो एककान दोकान मैदान हुनेछ प्रीये!
भेटौंला त्यहीँ जब सुनसान हुनेछ प्रीये!!
छल्काउँला यौवनको प्याला मदहोस भै,
जो देखेर वातावरण नै हैरान हुनेछ प्रीये!
दिन,महिना,साल हुँदै समयहरु बित्नेछन,
हिजो जन्मेको शन्तान जवान हुनेछ प्रीये!
फुल्ने छन सेतै कपाल चाउरिने छ गाला,
हामि दुइबाट ठुलो हाम्रो जाहान हुनेछ प्रेये!
कस्ले देख्यो र भोलि को पहिला मरिन्छ खै,
बाँच्नेको जिवन नमिठो थकान हुनेछ प्रीये!
बाबुराम राई
काठमाण्डौ
२०७५-०१-१७
No comments:
Post a Comment