((गीत)) २०७१-०४-०६
यो संसारको हजारौंमा,तिमीलाई नै छाने मैले
गल्ति मेरो आफ्नै थियो,आफ्नो मान्छे ठाने मैले
तिम्ले छाडिजानु रहेछ,मैले चोट खानु रहेछ
धनको अघि मेरो माया,तिम्रो लागि सानु रहेछ
सजि तिमी हिरा मोति,जाँदा बल्ल जाने मैले
गल्ति मेरो आफ्नै थियो,आफ्नो मान्छे ठाने मैले
हुनुरहेछ हाम्रो नाता,सपना जस्तै टुटि जाने
अपुरो त्यो हाम्रो यात्रा,बिचबाटोमै छुटि जाने
पिरतिमा तिम्रो जित भो,आफ्नै हार माने मैले
गल्ति मेरो आफ्नै थियो,आफ्नो मान्छे ठाने मैले
यो संसारको हजारौंमा,तिमीलाई नै छाने मैले
गल्ति मेरो आफ्नै थियो,आफ्नो मान्छे ठाने मैले
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment