Thursday, July 23, 2020

गीत

गीत २०७७-०२-२८
सके आफै रोप्नु तिमि,कि त रोप्ने झिर दिनु
निको लाग्छ पिर मलाई,अझै मीठो पिर दिनु

किन बस्नु दो-धारेभै,तिम्रो जित मेरो हारमा
तिमी फुल्नु वशन्त बनि,मै रेटिउँला धारमा
भए अझै बाधा अरु,पाउ बाँध्ने जञ्जिर दिनु

सुख मलाई चाहिंदैन,दु:खै काफी जिउनलाई
आफै राख्नु अमृत सबै,आँसु दिनु पिउनलाई
रित्तो नहोस मेरा नयन,दुई घडामा नीर दिनु

सके आफै रोप्नु तिमी ,कि त रोप्ने झिर दिनु
निको लाग्छ पिर मलाई,अझै मीठो पिर दिनु!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment