गीत
जानी-जानी एउटा भूल,गरि दिउँ कि लाग्छ
तिम्रै अंगालोको पासो,परि दिउँ कि लाग्छ
मन्द-मन्द मुस्कुराउँदै,नजर झुकाउँछेउ
काउकुति छ मन भित्र,बाहिर लुकाउँछेउ
मौनता मै तिम्रो दिल,हरि दिउँ कि लाग्छ
लजाएर खेलाउँदै,पछेउरिको फन्को
दुवैतिर बढेको छ,जवानीको रन्को
सुवासिलो यौवन सुवास,छरी दिउ कि लाग्छ
थरथराउने कोमल केस्रा,अधर चुमी दिउँ कि
मनोमानी मदहोसी भै,मस्त झुमी दिउँ कि
पवित्र त्यो यौवन गंगा,तरी दिउ कि लाग्छ
बाबुराम राई
२०७३-०२-१६
No comments:
Post a Comment