Thursday, July 23, 2020

गजल

(((गजल))) २०७२-०३-१२
यहि बर्षको खेत बारिमा,बहर गोरु दाउँला सनु
छुपु छुपु धान रोपेर,असारे गीत गाउँला सानू

रिमिझिमि बर्षात भित्र,रमाइ रमाइ हिलो खेल्दै
संग संगै जीवन काट्ने,मधुर प्रीत लाउँला सानू

दुनियाले डाहा गरून्,हामी दुइको जोडि हेरि
आलि बसि खाजा पानी,एकैसाथ खाउँला सानू

दुइ ज्यान एकै आत्मा,बनाइ घरबार चलाउनु छ
यहि धानको पराल बाट,घरको धुरी छाउँला सानू
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment