Thursday, July 23, 2020

गीत

 गीत
माया कहाँ कहिले हुन्छ कस्लाई पो थाहा हुन्छ
उहि मायामा चोट खाने कस्लाई पो चाहा हुन्छ

न त यस्ले धर्म देख्छ न त यस्ले जात पनि
न बुझे रै लाउँदा माया दिन्छ यस्ले धात पनि
यहि मायामा समर्पण छ यसै मा नै डाहाहुन्छ

कसैलाई सौगात माया कसैलाई श्राप बन्छ
एउटा छोडि अर्को रोज्दा कुनै बेला पाप बन्छ
कतै टुट्छ कतै जुट्छ यस्तो पनि यहाँ हुन्छ

माया कहाँ कहिले हुन्छ कस्लाई पो थाहा हुन्छ
उहि मायामा चोट खाने कस्लाई पो चाहा हुन्छ
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment