Thursday, July 23, 2020

गजल

गजल
मलाई भेट्न माथि बाट,तलतिर झर्छौ संधै
कहिले कहीं घुर्क्याउँदै,माया पनि गर्छौ संधै

लजालु ति आनिबानी,मन्द त्यो मुस्कानले
यसै गरी कहिले सम्मन्,मन मेरो हर्छौ संधै

नजरको त्यो ईशाराले,आँफै नजिक बोलाएर
जब तिम्रो समिप आउँछु,फेरि पर सर्छौ संधै

सताउनु को पनि एउटा,साँध सिमाना हुन्छ
भनि अर्कै संग हिंड्दा,आरिस ले मर्छौ संधै
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment