Friday, July 24, 2020

गजल

लजग
साह्रै शितल पवन पनि बशन्तको उल्हासमा
लाली चढ्यो डाँडापाखा आज फेरि गुरासमा

बैंँसालु छन हांँगाहांँगा पात अनि मुना सारा
मगमगाउंँदै बहेलिन्छन सुन्दर फुल सुवासमा

नाना थरी भाषा फेर्छन चरिहरु चिरबिराउँदै
नबुझे नि बुझे जस्तै लाग्छ बोलि मिजासमा

भन्ज्याङ्को चौतारिमा सुस्ताइ बसेको छ
प्रीयसिको यादहरु ले यो बाबुराम उदसमा
बाबुराम राई
२०७३/१/१४

No comments:

Post a Comment