Thursday, July 23, 2020

गीत

गीत
मेरो बारे सोध्यो भने,आजकल तिमी झर्किन्छौ रे
मलाई भेट्ने चौतारीमा,अर्कैलाई नै पर्खिन्छौ रे

तिम्लाई माया गर्छु भन्थ्यो,तिमी संगै मर्छु भन्थ्यो
जुनि-जुनि सयौं जुनि,तिम्रै भर म पर्छु भन्थ्यो
हाम्ले हिंड्ने त्यो बाटोमा,आज तिमी तर्किन्छौ रे

माया पनि हुंँदो रहेछ,मौसम् जस्तै बद्ली जाने
तिम्रो मन त निठुर रहेछ धनकोसामु पग्ली जाने
यो मन-मुटु तिम्रै भन्थ्यो,अर्कै तिर धढ्किन्छौ रे

मेरो बारे सोध्यो भने,आजकल तिमी झर्किन्छौ रे
मलाई भेट्ने चौतारीमा,अर्कैलाई नै पर्खिन्छौ रे
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment