Thursday, July 23, 2020

गजल

गजल
भन्नत भनिन्छ सास रहुन्जेल आश हुन्छ!
बुझ्दैनन् कोही कोही त जिउँदो लास हुन्छ!

सागर आफैमा परिपुर्ण कहिल्यै हुन सक्दैन,
उसलाई पनि त न्यानो घामको प्यास हुन्छ!

गाँउमा कम्लरी,हलिया प्रथा उन्मुलन भो,
शहरमा जागिरको नममा अझै दास हुन्छ!

यार जेसुकै भन पराय त पराय नै हुन्छन,
आखिर मुटुमा घाउदिने आफ्नै खास हुन्छ!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment