गीत
रहिरहोस् हाम्रो माया,पुर्णिमाको जुन सरी
इर्स्यालु ति नजरहरुमा,अकबरी सुन सरी
तिमी बाहेक यो जीवनमा,अरु कोही अँट्ने छैन
सागर बरु सुक्ला तर,मेरो माया घट्ने छैन
तिमी हुनु सातै सुर ,म भै आउँला धुन सरी
कहिले कही घुर्क्याउनु,तिमीलाई म फकाउँला
सलबलाई मायालु हात्,काउकुती ले हसाउँला
यस्तो रहोस् हाम्रो माया,दुनियालाई गुन सरी
रहिरहोस् हाम्रो माया,पुर्णिमाको जुन सरी
इर्स्यालु ति नजरहरुमा,अकबरी सुन सरी
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment