२०७७-०२-३०
गैर मुसलसल
***गजल***
यहाँ कोहि खुशिलिएर त कोहि पिर लिएर!
बाँचेकाछन मान्छेहरु आफ्नै तक्दिर लिएर!
आजको शासक आफै बिक्छ दुस्मन सामु,
हिजोका ले भन्थे आउनु उस्को शिर लिएर!
मस्त संग चल्याछ रे उस्को नवीन ब्यवसाय,
इमान बेची पैसा साट्दै आफ्नै शरीर लिएर!
कहाँ खोजौ र म ती विश्वास घात गर्नेलाई,
उपहार छोडेको पुरानो उस्को तस्विर लिएर!
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment