***गजल***
खै कस्तो जादु,टुना थियो उस्को नजर भित्र!
पिलाइ लट्ठ बनायो के नशाथियो अधर भित्र!
कोहि भनिदेउ मलाई यत्ति कुरा जान्नुछ आज,
कस्ले मिसायो प्रीयसिको सुगन्ध अत्तर भित्र!
कति भेटिन्छन कति छुटिन्छन था सम्म हुन्न,
कोहि भेटिन्छन भुल्नै नसकिने सफर भित्र!
बृद्द बाबु-आमा आश्रम लगि छोडेर आउँछन,
अनि मन्दिर धाइ देउता खोज्छन पत्थर भित्र!
बाबुराम राई
२०७७-०२-१५
काठमाण्डौ
No comments:
Post a Comment