Thursday, July 23, 2020

गजल

लजग
मान्छेले नै मान्छे लुट्न पल्किन्छन रे शहरमा
बनावटी सजावट ले टल्किन्छन रे शहरमा

थाहा थिएन यति सम्मन निठुर हुन्छ्न भन्ने
दु:ख पर्दा छिमेकी नि हल्किन्छन रे शहरमा

खोक्रीएको आत्मा लि,कति सम्मन बाँच्छ्न?
धनको सामु यौवन पनि छल्किन्छ रे शहरमा!

मान्छेले नै मान्छे किन्न सामर्थ्या जो राख्छ,
उतै तिर दुनिया नि ढल्किन्छन रे शहरमा!

होसियार गर्नु भन्छन अभिनयमा बांँच्ने संग
साँचो माया गर्ने मुटु,सल्किन्छन रे शहरमा
बाबुराम राई
२०७२-०२-१६
काठमाण्डौ

No comments:

Post a Comment