गजल
जन्मे पछि जगतमा,एक दिन पकै मर्नै पर्छ
दुनिया यो रंगमन्च हो,अभिनय नि गर्नै पर्छ
कस्ले सक्छ मेटाउन,आफ्नै हातको हस्त रेखा
जति लेख्यो तक्दिरमा,जिबन मेला भर्नै पर्छ
कोहि ढिलो कोहि चाँडो,तर मृत्यू पक्का सबको
कहाँछन् उ कहिले आउने,प्रतिक्षामा पर्नै पर्छ
शुरक्षित को नै यहाँ,अटल त्यो मृत्यू अघि
बाँचुन्जेलको मोह सागर्,आखिरमा तर्नै पर्छ
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment