गजल
निष्ठुरिको यादले होला बिचलित थिएँ आज
उहि याद भुलाउनलाई अलि धेरै पिएँ आज
रित्याएर बोतल हेर्दा आफु जस्तै लाग्थ्यो
उसैलाई हेरि अलि मनको घाउ सिएँ आज
बल्झाएर रुवाउने उन्को एउटा तस्विर थियो
त्यहि तस्विर जलाएर बिदावारि दिएँ आज
चोट दिने मान्छे पनि सांच्चै खास हुँदो रहेछ
उन्को यादै सहि साथ राखि मैले जिएँ आज
बाबुराम राई
काठ्माण्डौ
२०७३-०३-१६
No comments:
Post a Comment