Thursday, July 23, 2020

गजल

गजल
देखाए नि त्यो ऐनाले जती सुन्दर चित्र।
कसैलाई नि थाहा हुन्न के छ मन भित्र।।

न त माया नाप्ने जोख्ने कुनै कसी हुन्छ।
खै कसोरी जान्ने होला कुनमाया पवित्र।।

किन बन्यो कहिले बन्यो पैसा भन्ने चिज।
बिचमा जब आउँछ यो हुन्न आफ्नै मित्र।।

देख्दा खेरि राम्रै लाग्छ आवरणमा बाहिर।
कस्ले जान्या हुन्छ यहाँ भित्रीको चरित्र।।
बाबुराम राई
काठ्माण्डौ
२०७५-०२-०४

No comments:

Post a Comment