मिति:२०७७-०२-२६
आज फेरी आफ्नै मन बिथोलेर हेरें
पुराना ती उन्को तस्विर खोलेर हेरें
धेरै मिठा बत थियो,थियौ दुवै साथ
कल्पनामै संगै यात्रा छिचोलेर हेरें
प्रश्न मेरो धेरै तर बेजवाफ थियो उनि
एकाहोरो पागल जस्तै म बोलेर हेरें
पल्टी रयो नजर अघि अतितका पाना
ब्यार्थै बल्झाइ यादले मुटु गिदोलेर हेरें
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment