Thursday, July 23, 2020

गीत

गीत २०७७-०२-०८
यहि जीवन हार अनि,यहि नै जित हो!
नचाहेरै निभाउन,पर्ने आखिर रित हो!

ठेसलागि लढे पनि,हिंड्नलाई उठ्नु पर्छ!
दुखी आँसु झरे पनि,फेरि आफै पुछ्नु पर्छ!
यहि जीवन पराय पनि,यहि नै मीत हो!
नचाहेरै निभाउन,पर्ने आखिर रित हो!

कैले आगो कैले पानी,यस्तै रैछ जिन्दगानी!
यहि जिवन रंमञ्च हो ,यहि नै कहानि!
सुखदु:ख जसो पर्छ,गाउनै पर्ने गित हो!
नचाहेरै निभाउन ,पर्ने आखिर रित हो!

यहि जीवन हार अनि,यहि नै जित हो!
नचाहेरै निभाउन,पर्ने आखिर रित हो!

बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment