Thursday, July 23, 2020

गीत

गीत
पारी पर्‍यो साराङ्कोट बिचमा फेवा~ताल
निर्मोहिले एक्लै छाडीन् वारी छु बेहाल

माझि बिना डुङ्गा जस्तै भयो आज जीवन
मौसम सरी बद्लीजाने रैछ उन्को त्यो मन
हाम्रो निश्चल माया बिच धन बन्यो पर्खाल

नछुट्टीने सकम खा थ्यौँ बाराहिलाई भाकी
अझै पनि अटल छ त्यो माछापुच्रे साँक्षि
सेती जस्तै निश्चल माया बन्यौ आज सवाल
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment