Thursday, July 23, 2020

२ /मुक्तक

मुक्तक
१-मान्छे आफ्नै चहानाको दास हुन्छ
यहि कारण संदा दु:खि खास हुन्छ
आफैं संग स्वातन्त्रको लडाई झेल्दै
आखिर एकदिन उ मुर्दा लास हुन्छ

२-जव लालचमा म र मेरो,भनी अघि सर्छ मान्छे
अनि प्रकृतीलाई नै उस्ले,खेलवाड गर्छ मान्छे
निस्चित छ कयौं रुपहरुमा,आउने छ प्रकोपहरु
अनि नचाहे नि अकाल,अकालै यहाँ मर्छ मान्छे
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment