गौरब गर्छु मेरो नेपाल म नेपाली भन्नलाई
सयौं जुनि सम्म पाउँ म नेपाली बन्नलाई
बुद्द मेरो शान्ति दुत सगरमाथा सिरानि हो
जहाँ जाउं संसार भरि यहि मेरो चिनारि हो
अर्को स्वर्ग भन्नु नै त लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तै गरि जहाँ हाँस्छन् हिमाल
सबै रंग बोक्ने डाँफे यहि भुमिमा हुन्छ
संसार कै सुन्दर झण्डा अंकित घाम जुन छ
फाँटै भरि चाँप गुराँस र सुनाखरि फुल्छन्
कोइलि,न्याउलि चरी गीत गाउँदै डुल्छन्
पौरखि यि पाखुरा चल्छ् कन्दरा र पाखामा
गाँउदै रोधि मारुनि र हाक्पारेको भाकामा
सयौं भाषा जाति धर्म संस्कृतिको धनि
जहाँ रहे बसे पनि पाउँ नेपाली हुँ भनि
दिनै परे दिन्छु ज्यान मेरो देशको लागि
बैरि सामु कहिल्यै झुकेर जाने छैन भागि
बाबुराम राई
काठ्माण्डौ
No comments:
Post a Comment