Thursday, July 23, 2020

गजल

गजल  २०७५-०२-०६
नविकरण नहुने प्रमाण पत्र,श्रीमती दिएको छ ससुरालिले!
पुरानो भइन तिम्री दिदी भन्यो,पटक्कै मर्म बुझ्दैन सालीले!!

गायकहरु मञ्चमा गीत गाउँदै,माइक दर्शक तिर फर्काउँछ!
आफु भने आधा मात्रै गाउने,तर कहिले अघाउँदैनन तालिले!!

अहिले नेताहरु सिधा आँफै बिक्छन् छिमेकी देशहरु संग!
पहिले-पहिले झुक्याएर सोझी केटी,बेच्थे जाली दलालिले!!

बा भन्नु हुन्थ्यो मलाई,बा हजुर बा भए पछि थाहा हुन्छ!
अनेक फल,फुल,पात कसरी धान्दोरहेछ भनि एकै डालिले!!
बाबुराम राई
काथमाण्डौ

No comments:

Post a Comment