Thursday, July 23, 2020

geet

देख्दिन आब कुनै सपना हजारौ मरेर गए
मरेर गए त ठिकै गए धेरै घात गरेर गए

फुलबिनाको बाग जस्तै उजाड भएरै जिउँला
प्यास लागे प्यास मेटाउन बरु आँशु पिउंँला
कोहि गए झरेर गए कोहि सपना हरेर गए
मरेर गए त ठिकै गए धेरै घात गरेर गए

जिन्दगीको होड् हरुमा यात्रा बिचै मोड हरुमा
हजार बार टुक्रीएंँ म संधै संधै बिछोड हरुमा
बनाइ मलाई खुडकिलो सबै आफु तरेर गए
मरेर गए त ठिकै गए धेरै घात गरेर गए

देख्दिन आब कुनै सपना हजारौ मरेर गए
मरेर गए त ठिकै गए धेरै घात गरेर गए
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment