Thursday, July 23, 2020

गीत

गीत २०७१-०२-११
तिमी भयौ बाँया पिपल म बर भएँ दाँया
हुंँदासम्म सबले लिए हाम्रो सितल छाँया

हामी जब बुढो भयौं अनि भयौं मुढा
सके जति शन्ततिको रहर गरिउ पुरा
आज गुण रित्तो पारि सबले मारे माया

दियो बाति आखिरिमा हुनुरहेछ साथि
हिंड्दा पाउ नबिझावोस संधै रहोस् जाति
केलाई रोस राख्नु र खै खानु चोट खायांँ

तिमी भयौ बाँया पिपल म बर भएँ दाँया
हुंँदा सम्म सबले लिए हाम्रो सितल छाँया
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment