Thursday, July 23, 2020

geet

चिनाजानै जस्तो संधै यात्रा बिच भेटि रहंँदा
आफ्नै जस्तो लाग्छ किन हरदम देखि रहंँदा

गन्तब्य त फरक हुन्छ यात्रा संगै भए पनि
यि आँखामै नबिझाउने कोहि छुटि गए पनि
झल्को आउंँछ उहि सम्झि यस्तो कुरा लेखि रहंँदा

कोहि छुट्छन् अन्यासै तर आँखा खोजि रहन्छ
कहाँ गए होलान् भनि मनले मन सोधि रहन्छ
सम्झाउंँ छु मन यात्रै त हो उस्को पिरले रेटि रहंँदा

चिनाजानै जस्तो संधै यात्रा बिच भेटि रहंँदा
आफ्नै जस्तो लाग्छ किन हरदम देखि रहंँदा
बाउराम राई
काठमाण्डौ

No comments:

Post a Comment