गजल
मलाई कुनै ठुलो मान्छे बन्ने पनि रहर छैन
म भुँइ मान्छे हुँ खसौंला भन्ने पनि डर छैन
सोंच्नुस् यो हावा,पानी नभए के हुन्थ्यो होला
तर पनि मान्छेलाई प्रकृतिको खास कदर छैन
लुट्नेहरुले लुटेर अग्ला महल बनाए यहाँ
म पनि बाँचेको छु यहि लोकमा मेरो घर छैन
हतार गरेर कता दौडी रहेछन यि मान्छेहरु
शायद यो बुझेरै होला मृत्यू पछि सफर छैन
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment