गीत
अन्जान हुने भुल सम्झि मन साह्रै दुख्दो रहेछ
नसोचे कै यात्रा बिच पाउ पनि चुक्दो रहेछ
भयि जाने भुल थियो सम्झि मन रुन्छ किन
पोल्छ छाँति पश्रतावले विचल्लित मन हुन्छ किन
सम्झि ल्याउंँदा आफ्नै नजर अघि शिर झुक्दो रहेछ
किन आउंँछ याद अतित कहिले कहिंँ बल्झिएर
सताइ दिन्छ यति साह्रै भित्र कहिंँ अल्झिएर
मनै त हो कहिले कहिंँ कहाँ कता पुग्दो रहेछ
अन्जान हुने भुल सम्झि मन साह्रै दुख्दो रहेछ
नसोचे कै यात्रा बिच पाउ पनि चुक्दो रहेछ
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment