Friday, July 24, 2020

geet

गौरव गर्छु मेरो नेपाल,म नेपाली भन्नलाई
सयौं जुनि सम्मन पाउँ,म नेपाली बन्नलाई

बुद्ध मेरो शान्ती दुत,सगरमाथा सिरानी हो
दुनियामा जहाँ जाउँ,यहि मेरो चिनारी हो
अर्को स्वर्ग भन्नू नै त,लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तो मिलि,जहाँ हाँस्छन हिमाल

गौरव..............................................
सयौं ..............................................

थरीथरी जाती-धर्म ,आफ्नै परिवेश
सबैलाई दुख्छ यहाँ,लागे एकलाई ठेस
सबै रंग बोक्ने डाँफे,यहि भुमिमा हुन्छ
संसार कै सुन्दर झण्डा,अंकित घाम जुन छ

गौरव गर्छु मेरो नेपाल,म नेपाली भन्नलाई
सयौं जुनि सम्मन पाउँ,म नेपाली बन्नलाई
बाबुराम राई
काठमाण्डौं

No comments:

Post a Comment