Thursday, July 23, 2020

गीत

<<<गीत>>>
छाँतिभरि घाउ बोकि,बाहिर मिठो हाँसेकोछु
फेरि रुनु पर्ला भनि ,मैले आँशु सांँचेकोछु

कस्लाई रहर हुंँदोरहेछ,मिठा सपना तुहाउने
हुँदारहेछन् मनमा खोट,राखि कसम खुवाउने
अरुलाई खुसि दिंदा ,आफ्नै मन भाँचेकोछु

धेरै गए कुल्चिएर ,फेरि कस्ले कुल्चने हो
त्यहि बेला यि नै घाउ,कत्ति सारो बल्झने हो
मारिगए सबै चाहा ,रित्तो रित्तो बाँचेकोछु

छाँतिभरि घाउ बोकि,बाहिर मिठो हाँसेकोछु
फेरि रुनु पर्ला भनि ,मैले आँशु सांँचेकोछु

बाबुराम राई
काठमाण्डौ
२०७०-०२-०२

No comments:

Post a Comment