गजल
जिन्दगीले भोगेकै हो कति यस्ता बातहरु
धेरै मिठा सपना माथि कैयौं पिंंडा घातहरु
कति टुटे बाचाहरु हिंड्दा हिंड्दै सफरमा
आँफै गरी निष्ठुरिले देखाइ जाँदा जातहरु
छोड्नेलाई के थाहा हुन्छ गुमाउनुको पिंंडा
भोग्नेलाई नै थाहा हुन्छ वीरहका रातहरु
अब देखिन सम्झीदिन्छु छुट्टीएर जानेलाई
रहेछन सबै हर शिशिरमा झरिजाने पातहरु
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment