Thursday, July 23, 2020

गीत

गीत
किन रोयौ न्याउली चरी,कतै साथी छुट्यो कि
मेरो जस्तै तिम्रो पनि,या त मन टुट्यो कि

माया गर्दा मुटु लिन्छन,अचानोमा राख्छन
अनि सोद्धै दुख्यो भनी,हाँस्दै छुरा दाग्छन
मेरो जस्तै धड्कनले,मुटुलाई नै लुट्यो कि

अनायासै विश्वासको,मन्दिर पनि ढल्छ यहाँ
बिना धुँवा-आगो पनि,प्रीतको घर जल्छ यहाँ
मलाई जस्तै तिम्लाई दैव,एकाहोरो जुट्यो कि

किन रोयौ न्याउली चरी,कतै साथी छुट्यो कि
मेरो जस्तै तिम्रो पनि,या त मन टुट्यो कि
बाबुराम राई
२०७७-०२-२३
काठमाण्डौ

No comments:

Post a Comment