Friday, July 24, 2020

दुइ मुक्तक

मुक्तक 
१=
सके गरिबको घाँटि थिच्यो चुपचाप बस्यो!
शत्ता पायो कमिन घिच्यो चुपचाप बस्यो!
जसको पिता पुर्खाले आर्जेको देश होइन,
छिमेकिले सिमाना मिच्यो चुपचाप बस्यो!
२=
हुत्ती भए सडयन्त्र चलाउ भन्छ नेता!
सक्छौ त सत्ता नै ढलाउ भन्छ नेता!!
जनता भोक प्यासै मरुन के मतलव,
मैले मरे कुर्सी संगै जलाउ भन्छ नेता!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment