२०७०-०१-२२
<<गीत>>
कस्ले लायो आगो आज,हाम्रो संसार जल्दै छ रे
एकअर्काको बिस्वास गर्ने,मनको मन्दिर् ढल्दै छ रे
पराय बागमा फुल्दै छौ रे,उन्कै साथमा डुल्दै छौ रे
तोडि हाम्रो बाचा-कसम,तिम्ले मलाई भुल्दै छौ रे
झुटो हो कि सांँचो मानौ,यस्तै चलन चल्दै छ रे
एक अर्काको बिस्वास गर्ने,मनको मन्दिर् ढल्दै छ रे
गए जाउ रोक्दिन म,अरु घात बोक्दिन म
झुटको तराजुमा मुटु,फेरि-फेरि जोख्दिन म
संधै खुसि मिलिरहोस,जस्तो आज चल्दै छ रे
एक अर्काको बिस्वास गर्ने,मनको मन्दिर् ढल्दै छ रे
कस्ले लायो आगो आज,हाम्रो संसार जल्दै छ रे
एकअर्काको बिस्वास गर्ने,मनको मन्दिर् ढल्दै छ रे
बाबुराम राई
काठ्माण्डौ
No comments:
Post a Comment