गीत
लाउन हुन्न भन्थिन उनले चुके पछी चुरा
त्यही चुरा झैं भयो आज हाम्रो प्रेमको कुरा
न त दोष मेरो थियो न त दोष उन्कै थियो
बिना हुरि किन निभ्यो आज प्रीतको दियो
अन्धकार भो सफर हाम्रो रह्रो सपना अँधुरा
बिझाउँदा हुन उन्लाई पनि अतितको शूलले
सताउँदा हुन मलाई जस्तै यादहरुको हुलले
हुन्न रहेछ सोंँचे जस्तो सारा सपना पूरा
लाउन हुन्न भन्थिन उनले चुकेपछि चुरा
त्यही चुरा झैं भयो आज हाम्रो प्रेमको कुरा
बाबुराम राई
काठ्ज्माण्डौ
No comments:
Post a Comment