Friday, July 24, 2020

गजल

२०७७-०१-२७
गजल
दिन महिना बित्दै छ झनझन
घट्दैछ जिन्दगी कै आयतन

यात्रा न हो जिन्दगी हिँड्नै पर्ने
कतै खुशी त कतै मिल्छ जलन

खै कस्तो जमना आयो अनौठो
मुना बाटै ठगिंदै छ आज मदन

अजम्बरी कोहि पनि छैनौ यहाँ
भोग्नै पर्छ मृत्यु विधीको खटन
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment