Thursday, July 23, 2020

गीत

गीत
तिमीलाई रुवाएर फेरी आफै रुनु छैन
तिम्लाई चोट पुर्याएर आफै घाइते हुनु छैन

जिन्दगीको अर्थ तिमी सबै मेरा नासो तिमी
तिमी नै हौ सुख खुसि मैले हाँस्ने हांँसो तिमी
तिमी भन्दा अर्को अब कुनै संसार छुनु छैन

यस्तै सोँच्छु मन फाटे खै कसरी सिउने होला
मुटु संग धडकन छुटे खै कसरी जिउने होला
कल्पना कै कथा बनोस आँशुले पिर धुनु छैन

तिमीलाई रुवाएर फेरी आफै रुनु छैन
तिम्लाई चोट पुर्याएर आफै घाइते हुनु छैन
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment