Friday, July 24, 2020

**जगल**

**जगल**
तिम्रो घरमा जन्ती आउँदा,मेरो लास ढलोस यता!
खाली सिउँदो सिंदुर भर्दा,चिता मेरो जलोस यता!

माया गर्न जानिन छु,तिम्लाई आफ्नो ठानिन छु,
डोलि अन्मि तिमी चढ्दा,देह जलि गलोस यता!

छुट्टिनेछन आफ्नो बाटो,दुवैतिर मान्छेका ती हुल,
आगो टेक्दै मलामिको,विदावारी चलोस यता!

नौलो घर नया साथी,नया संसार सुरुगर्नु तिम्ले,
सम्झनामा एउटा दियो,मेरो नामको बलोस यता!

बाबुराम राई
काठमाण्डौ
२०७७-०१-३०
रातको १०.४५

No comments:

Post a Comment