कति पर बस्छौ
अझै,अलि वर आउन अब
बैंस छँदै
मनमिल्ने,माया तिमी लाउन अब
आला काँचा देख्यौ कि
त,उरन्ठेउला सझिएर
तिम्रै मनको गरा
भरि,मलाइ तिमी दाउन अब
गीत गजल लेखि
दिंउला,हाम्रो माया पिरतिको
शुरमिलाइ राग
आलापमा,तेहि गीत गाउन अब
बाचा कसम धेरै
टुट्छ,पिरतिमा हिज आज
कहिल्यै पनि
नटुटिने,कसम तिमी खाउन अब
निधो गर समय
छंदै,भोलि फेरि आउने छैन
मेरा सबै जिउ
ज्यान,माया तिमी पाउन अब
राइ बबुरो
No comments:
Post a Comment