Tuesday, August 13, 2013

गीत

   नचाहेनि एक अर्काको,अब हामि अतित भयौं
  सृजिएर पनि आफै,नबजेको संगीत भयौं

 हुनु रहेछ हाम्रो नाता,धर्ति अनि आकाश जस्तै
 बहे पछि नफर्किने,निष्ठुरि त्यो बतास जस्तै
 बेदनाको बह पोख्ने,बिरहि त्यो गीत भयौं

 म तिम्रो तिमी मेरो,भाग्य भित्र रैन रहेछौं
 सजाउन लाइ कोरिएको,हामि चित्र होइन रहेछौं
 चल्दा चल्दै नपुगेको,अपुरो त्यो रित भयौं

 आफ्नो आफ्नो बाटो हरु,हामि दुइले रोज्नु पर्छ
 भुलाइ पिर नया कथा,लेख्न अब खोज्नु पर्छ
 प्यासै कहिले नमेटाउने,अभागि त्यो सित भयौं
 राइ बबुरो

No comments:

Post a Comment