Thursday, August 15, 2013

पहिलेका आमा र आहिलेको आमा मा कत्ति फरक्???



भोको पेटमा पटुकि,कसेकि हुन्थिन् मेरि आमा
साँझ बिहान चुलोमा,बसेकि हुन्थिन् मेरि आमा

हो हो बाबु भन्दै सुताउन,कोक्रो मेरो हल्लाउँ थिन्
झिसमिसे मै ढिकि कुट्न,पसेकि हुन्थिन् मेरि आमा

गोठाला र घाँस दाउरा,दिनै भरि जंगल जँगल्
आराम संग कहिले नै,बसेकि हुन्थिन् मेरि आमा

सिकाउँ थिन राम्रा कुरा,नैतिकताको पाठ मलाइ
ओखति नै कहाँ आङ्,खसेकि हुन्थिन् मेरि आमा

कोटि कोटि प्रणाम मेरो,जस्ले मलाइ जिबन दियो
कुरितिको संजाल भित्रा,फंसेकि हुन्थिन मेरि आमा
राइ बबुरो

No comments:

Post a Comment