गजल
हजारौं मा खोज्यौ भने,मलाइ चुनि राख्नु।
त्यो मनको पिंजडामा,मलाइ थुनि राख्नु।।
निभाउने छु रित सबै,तिमीले साथ दिए।
तिलरि र पोते जस्तै,मलाइ उनि राख्नु।।
सखारौंला दुबै मिलि,भबिस्यको जिबन हाम्रो।
मिठा मिठा सपना भित्र,मलाइ बुनि राख्नु।।
कहिं मन दुख्ला तिम्रो,जिन्दगिमा कतै।
बगि दिउँला परेलिको,मलाइ मुनि राख्नु।।
नचाहे रै हाम्रो नात,कहि कतै टुट्यो भने।
बिरहि गीत म भै दिंउंला,मलाइ सुनि राख्नु।।
राइ बबुरो
२०७०-०४-२९
No comments:
Post a Comment