Friday, September 6, 2019

गीत यस्तो रहोस हाम्रो माया,पुर्णिमाको जुन सरि ईर्स्यालुको नजर अघि,अकबरि सुन सरि तिमी बाहेक यो जिबनमा,अरुकोहि अँट्ने छैन सागर बरु सुक्ला तर्,मेरो माया घट्ने छैन तिमी बन सतै सुर,म भै आउँला धुन सरि इर्स्यालुको नजर अघि,अकबरि सुन सरि कहिले काहिँ घुर्क्याउनु,तिमीलाई म फकाउँला सल्बलाई मायालु हात,काउकुतिले हँसाउँला संधै रहोस हाम्रो माया,दुनियालाई गुन सरि ईर्स्यालुको नजर अघि,अकबरि सुन सरि यस्तो रहोस् हाम्रो माया,पुर्णिमाको जुन सरि ईर्स्यालुको नजर अघि,अकबरि सुन सरि बाबुराम राई काठमाण्डौ

No comments:

Post a Comment