Tuesday, September 3, 2019

रेट्नलाई मुटु पनि,फुलै तरवार हुन्छा यहाँ!
एकातिर भत्काएर,अन्तै घरबार हुन्छ यहाँ!!
संसारमा एउटा स्वर्ग,लाग्छ मलाई नेपाल,
तर जनता लुट्न मात्रै,संधै सरकार हुन्छ यहाँ!
के कनुन् चाहियो र,दोषी करबाहि हुन्न भने,
पैसा भए ज्यान मुद्दा,पनि फरफार हुन्छ यहाँ!
परदेशमा श्रीमान खुन पसिना,बगाई रहँदा खेरि,
नाठो संग पोइला जान,यता हतार हुन्छ यहाँं!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment