गीत
नरुनु चेली यस्पाली पनि म आउन सकिन
तिमीले नाच्दा तिजको गीत म गाउन सकिन
नमरी बाँंचे कालले साँचे अर्को साल आउने छु
तिमीले नाच्दा तिजको गीत यो माइती गाउनेछु
यस्पाली भने तिमी लाइ लिन म धाउन सकिन
परदेशी जीवन बाँच्दैछु यहाँँ सम्झना गरेर
नरुनु कोही म आएँ भने त्यो बाकस भरेर
बाबा र आमा तिमी लाइ चेली हंसाउन सकिन
नरुनु चेली यस्पाली पनि म आउन सकिन
तिमीले नाच्दा तिजको गीत म गाउन सकिन
बाबुराम राई
काठ्माण्डौ
No comments:
Post a Comment